Scholarship From Nepal Police Welfare Fund.

Congrats!!!
It’s so decent to see that your diligent work has paid off. Heartiest felicitations. This scholarship opens the entryways to your splendid future.
Students of NEPAL POLICE SCHOOL, Sanga, Kavre got scholarship in almost all the categories awarded by Nepal Police Welfare Fund. Congratulations to all.

previous arrow
next arrow
Slider

Celebration of National level achievement in school.

Congratulations to Nepal Police School. Sanga, Kavre.

बधाई नेपाल पुलिस स्कुल साँगा परिवारलाई ! शिक्षा मन्त्रालयले निकालेको सूचना अनुसार एस इ इ र १२ को नतिजामा नेपाल राष्ट्रभरिका संस्थागत विध्यालयमध्ये प्रहरी स्कुल साँगा दित्तीय स्थान प्राप्त गरी शिक्षा दिवस २०७६ मा पुरस्कृत भएको छ |

previous arrow
next arrow
Slider

Foundation Day

नेपाल प्रहरी माध्यमिक आवासीय विद्यालय साँगाको ३४ औं स्थापना दिवस सम्पन्न

मिति २०७४ फालगुण १२ गते शनिबार नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष श्रीमती सीमा अर्यालको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमबीच नेपाल प्रहरी माध्यमिक आवासीय विद्यालय साँगाको ३४ औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस कार्यक्रम सम्पन्न भएको छ ।

उक्त अवसरमा सङ्घकी अध्यक्ष अर्यालले विद्यालयको वार्षिक मुखपत्र ‘दीपिका’ को २९ औं अङकको लोकार्पण गर्नुभयो । साथै उहाँले उत्कृष्ट खेलाडीहरु, विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरु, स्थापना दिवसमा आयोजित विविध अतिरिक्त क्रियाकलापका विजेताहरु, उत्कृष्ट शिक्षक तथा प्रशिक्षकहरुलाई सिल्ड, मेडल, पुरस्कार तथा प्रशंसापत्र वितरण गर्नुभयो ।

कार्यक्रममा सङ्घकी अध्यक्ष अर्यालले प्रहरी विद्यालय साँगाले शैक्षिक क्षेत्रमा ठूलो योगदान पुर्‍याएको चर्चा गर्दै नैतिक शिक्षामा आधारित शिक्षाको साथै शैक्षिक क्षेत्रमा स्थापित नवीनतम् सिद्धान्त, पद्धति र प्रविधिलाई विद्यालयले अवलम्बन गरी बिद्यार्थीहरुको सर्वाङगीण विकासका लागि अझै प्रयत्न गर्नुपर्ने बताउनुभयो।

बिद्यालयका प्रिन्सिपल नवीन श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका समादेशक प्रहरी नायव उपरीक्षक दिनेशराज मैनालीले धन्यबाद ज्ञापन गर्नुभएको थियो।